६ ट्राभल एन्ड टुरमा सिलबन्दी

भैरहवा : गैरकानुनी रूपमा सञ्चालित जिल्लाका ६ वटा टा्रभल एन्ड टुरमा जिल्ला बजार अनुगमन समिति रूपन्देहीले सिलबन्दी गरेको छ ।
अनुगमनका क्रममा अवैधानिक रूपमा सञ्चालित देखिएका बुटवलका एस ट्राभल्स डट कम, श्रेया ट्रेन टिकट बुकिङ काउन्टर, नेट क्लबमा अर्को आदेश नभएसम्मका लागि शिलबन्दी गरेको हो ।
जिल्लाको लुम्बिनी क्षेत्रमा रहेका महजदिया चोको नेपाल ट्राभल टेलर एन्ड ट्रेक्स लिमिटेड, अल हायत टुर्स एन्ड ट्राभल्स प्रालि, मधुवनीको त्रिरत्न ट्राभल्स एन्ड टुर्स पनि अवैधानिक रहेको भन्दै समितिले शिलबन्दी गरिदिएको जिल्ला अनुगमन समितिले जनाएको छ । अनुगमन समितिका संयोजक तथा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको नेतृत्वमा गएको टोलीले बजारमा गैरकानुनी रूपमा सञ्चालनमा रहेका ट्राभलमा आवश्यक प्रक्रिया नपुर्‍याउँदासम्मका लागि शिलबन्दी गरेको बताए ।
टोलीमा वाणिज्य कार्यालयका प्रमुख चेतप्रसाद उप्रेती, पर्यटन कार्यालयका प्रमुख लेखनाथ न्यौपाने, साटाका अध्यक्ष सञ्जय बजिमय, वडा प्रहरी कार्यालय रामनगरका प्रहरी निरीक्षक राजेन्द्र श्रेष्ठ, सञ्चारकर्मी, साटाका पदाधिकारीलगायतको सहभागिता रहेको थियो । (सौस)

प्रतिक्रिया