निर्वाचन सुरक्षाकालागि मोवाईल फोर्स

चितवन, २९ भदौ । एमालेको भातृ संगठन युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले आगामी संविधानसभा निर्वाचनमा सुरक्षाका लागि मोबाईल फोर्स गठन गर्ने बताएका छन् ।
युवा संघले सुरक्षाको विषयलाई गम्भीरताका साथ हेरेकाले विगतका जस्तै त्रास हुन नदिन मोबाईल फोर्स गठन गर्न लागिएको उनले दाबी गरे ।
चितवनको भरतपुरमा आज (शनिबार) आयोजना गरिएको कार्यक्रममा अध्यक्ष बस्नेतले केन्द्रमा ५, जिल्ला तहमा २ सय र प्रत्यक क्षेत्रमा टास्क फोर्स गठन गरिने बताए । उनले पहिलेको निर्वाचनमा जनतामा मनोवैज्ञानिक त्रास रहेको बताउंदै सोही कारण माओवादी पहिलो पार्टी बनेको उल्लेख गरे ।
अध्यक्ष बस्नेतले मोबाईल फोर्स असुरक्षाको वातावरण सिर्जना भएमा आधा घण्टा भित्रमा २ सय मोटरसाईकल जम्मा गर्न सक्ने अवस्थामा हुने बताए । उनले युवा संघ बौद्विक र जुझारु युवाहरुलाई एकतावद्व गरेर रुपान्तरण र संरक्षणको अभियानमा लाग्ने उल्लेख गरे ।
उनले चुनाव अगाडि एमालेमा २ लाख ५० हजार कार्यकर्ता प्रवेश गराउने समेत दावी गरे ।

प्रतिक्रिया