व्यक्तिगत रिसीवीका कारण महिलाको हत्या

Hatya 2रौतहट, २९ भदौ । रौतहटको पिप्रा पोखरिया गाविसमा एक महिलाको हत्या भएको छ । वडा नम्बर २ निवासी ४८ बर्षीया सोनादेवी यादवको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो ।
सोनादेवी तेजिलाल राय यादवकी पत्नी हुन् । घरमा सुतिरहेको अवस्थामा आज (शनिबार) विहान ३ बजे चार जनाको समूहले उनको हतया गरेको प्रहरीले जनाएको छ ।
घरको पर्खाल भत्काएर घर भित्र प्रवेश गरी सुतिरहेकी सोनादेवीलाई घांस काट्ने चुप्पी गडासी प्रहार गरी घांटी रेटेर हत्या भएको थियो ।
हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा पिप्रा पोखरिया वडा नम्वर ३ का राम सेवक यादव र अर्जुन यादव रहेका छन् ।
व्यक्तिगत रिसीवीका कारण राम सेवक यादवले सुतिरहेकी सोनादेवीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरी उपरीक्षक गोबिन्दराम परियारले जनाकारी दिए ।
प्रहरीले घटना भएको चार घण्टा पछि अभियुक्तहरुलाई पक्राउ गर्न सफल भएको जनाएको छ । पक्राउ परेका व्यक्तिहरुको साथ बाट हत्यामा प्रयोग भएको हतियार समेत बरामद गरेको उपरीक्षक परियारले जनाए । घटनामा संलग्न दुई मतियारहरु भने फरार रहेका छन् ।

प्रतिक्रिया