‘बृद्धि मूल्य’ फिर्ताको मागसहित निगम घेराउ

Student-Strickकाठमाडौं, २८ भदौ । अखिल क्रान्तिकारी, नेविसंघलगायतका डेढ दर्जन बढि विद्यार्थी संगठनहरुले मूल्य बृद्धि फिर्ताको माग गरेर नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेका छन् ।
बबरमहलस्थित निगमको केन्द्रीय कार्यालयमा आज (शुक्रबार) जम्मा भएका विद्यार्थी नेता र कार्यकर्ताले इन्धनमा भएको मूल्य बृद्धि तत्काल फिर्ता गर्न माग गरेको नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिए ।
चाडपर्वका बेला भएको मूल्य बृद्धिले गरिव जनतालाई मार्ने कार्य गरेको भन्दै विद्यार्थी नेताहरुले निगम र सरकार विरुद्ध आक्रोश व्यक्त गरे । उनीहरुले मूल्य बृद्धिको निर्णय छिटो फिर्ता नलिए कठा आन्दोलन गर्ने चेतावनी पनि दिए ।
धर्नाका क्रममा विद्यार्थीले निगम र सरकार विरुद्ध चर्का नारावाजी गरिएको लामिछानेले बताए ।
निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा भारि मूल्य बृद्धि गरे पछि एमाओवादी, कांग्रेस, एमाले, नेकपा–माओवादी, नेकपा (माले)लगायतका दल निकटका डेढ दर्जन विद्यार्थी संगठनहरुले सडक आन्दोलन गर्दै आएका छन् । (तस्विर सौजन्य यु.पी. लामिछाने)

प्रतिक्रिया