एमालेबाट सम्भावित उम्मेदवारको नामावली सिफारिस

बर्दिवास, २८ भदौ । संविधानसभा निर्वाचनका लागि नेकपा (एमाले)ले जिल्लाका आºना सम्भावित उम्मेदवारको नामावली सिफारिस गरेको छ । भदौ दोस्रो सातादेखि सुरु भएको उम्मेदवार चयनको सिफारिस प्रक्रिया जनकपुर अञ्चल समन्वय कमिटीको निर्णयसँगै टुंगिएको छ । निर्वाचनका लागि उम्मेदवारको सिफारिस गर्न पार्टीका जिल्लास्थित छ निर्वाचन क्षेत्रीय कमिटीले गरेका निर्णय जिल्ला कमिटीमा छलफल गरी दिइएको सुझावका आधारमा अञ्चल समन्वय कमिटीबाट टुंग्याइएको एमाले महोत्तरीले जनाएको छ ।
संविधानसभा निर्वाचन क्षेत्रमा प्रत्येक क्षेत्रबाट तीन–तीन जना प्रत्यक्ष प्रणाली तथा पाँच–पाँच जना समानुपातिक प्रणालीका लागि सम्भावित उम्मेदवारको नाम सिफारिस गरिएको एमाले महोत्तरीका अध्यक्ष जामुन मण्डलले बताए ।
प्रत्यक्ष प्रणालीका लागि क्षेत्र नं १ बाट दुर्गा दाहाल, सोम कार्की र नरबहादुर स्याङ्तान, नं २ बाट मञ्जु यादव, कालीचन्द्र साह र मन्सुल कवारी, नं ३ बाट सुनैना देवी, रामदयाल मण्डल र विजयकुमार चौधरी एवं नं ४ बाट चन्दुदेवी मण्डल, इलियास अन्सारी र अरबिन्द मण्डलको नाम सिफारिस गरिएको छ । त्यस्तै, ५ नं. क्षेत्रबाट रेखा झा, सरोज यादव र दीपनारायण साह एवं ६ नं क्षेत्रबाट रञ्जना माझी, कौशीलाल यादव र रामकुमार विश्वकर्माको नाम प्रत्यक्ष प्रणालीका लागि सिफारिस गरिएको छ । समानुपातिक प्रणालीका लागि प्रत्येक क्षेत्रबाट पाँच–पाँच जनाको नाम सिफारिस गरिएको एमालेले जनाएको छ ।
महिला नेत्रीमा सरिता ढुंगाना र शशी श्रेष्ठ, दलित नेता धनलाल साशंकर तथा अन्यमा विष्णुनारायण राय थारु, सुरेशप्रसाद सिंह, जिल्ला अध्यक्ष जामुन मण्डल, ध्रुवनारायण लाल र शौखीलाल यादवसहित सिफारिसमा परेका छन् ।
नेका र एमालेले मातहत समितिको सिफारिस प्रक्रिया टुंग्याएसँगै जिल्लामा कार्यरत अन्य दल सम्भावित उम्मेदवारको सिफारिस प्रक्रियामा अघि बढेको छ ।
मधेसी जनअधिकार फोरम नेपाल, फोरम (लोकतान्त्रिक), सद्भावना पार्टी, तमलोपा र राष्ट्रिय समाजवादी पार्टीले सम्भावित उम्मेदवारको नाम सिफारिसको प्रारम्भिक काम सुरु भइसकेको जनाएका छन् । क्षेत्रीय समितिबाट धमाधम निर्णयबारे जानकारी आउने क्रम जारी रहेकाले यसै महिनाको अन्त्यसम्म जिल्ला कार्य समितिले आºनो रायसहितको सिफारिस केन्द्रमा पठाइसकिने ती दलले बताएको छ ।

प्रतिक्रिया