मोरङमा दुई बालिकको पालैपालो बलत्कार

balatkarमोरङ, २७ भदौ । मोरङ जिल्लामा सात र पाँच बर्षका दुई बालिका बलात्कृत भएका छन् ।
लेटाङ गाविसमा दुई बालिकालाई स्थानीय २१ वर्षीय जीवन बरालले बलत्कार गरेका हुन् । उनलाई प्रहरीले आज (बिहीबार) पक्राउ गरेको छ ।
लेटाङ–७, बुधबारे, फडानी भन्ने स्थानमा बुधबार दुई बालिकलाई बरालले बलत्कार गरेको प्रहरीले जनाएको छ ।
घरमा कोही नभएको मौका छोपेर बरालले दुई बालिकालाई पालैपालो बलत्कार गरेका हुन् ।

प्रतिक्रिया