३३ दलीय मोर्चाको बन्दले उपत्यका तनावमा

Bandaकाठमाडौं, २७ भदौ । संविधानसभा निर्वाचन विथोल्ने उदेश्यले आह्वान गरिएको नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाको बन्द आह्वानका कारण राजधानी उपत्यको जनजीवन प्रभावित भएको छ ।
बन्द सफल बनाउने आज (बिहीबार) नेकपा–माओवादी र मोर्चामा आबद्ध साना दलका नेता तथा कार्यकर्ता राजधानीका सडकहरुमा जम्मा भएर अबरोध गरिरहेका छन् । हातमा झण्डा र लाठी लिएर सडकमा उत्रिएका उनीहरुले सवारी आवागमनमा अबरोध पुर्‍याएका हुन् ।
उपत्यका बन्द भए पछि राजधानी प्रवेश गर्ने र बाहिरिने सवारी साधन तथा यात्रु अलपत्र परेका छन् । गन्तव्य तर्फ जानका लागि तयार भएका सयौ सवारी साधन पार्किङ क्षेत्रमा रोक्न बाध्य भएको यातायात व्यवसायी र मजदुरहरुले बताए ।
बन्दका कारण शिक्षण संस्था, उद्योग, कलकारखाना, प्रमुख बजार बन्द छन् ।
३३ दलीय मोर्चाको बन्दका क्रममा अप्रिय घटना हुन नदिन प्रशासनले सडकमा सुरक्षाकर्मी उल्लेख्य रुपमा परिचालन गरेको छ ।
संविधानसभा निर्वाचन विथोल्ने निर्णय सहित सडकमा उत्रिएको ३३ दलीय मोर्चाले विभिन्न क्षेत्रमा चरणबद्ध बन्द र आन्दोलनका कार्यक्रम सार्वजनिक गरिसकेका छन् । (फाईल तस्विर)

प्रतिक्रिया