बजार अनुगमन निरन्तर गर्न माग

भक्तपुर, २७ भदौ । दसैँ–तिहार र छठजस्ता महत्त्वपूर्ण चाडपर्वको समयमा व्यापारीले विभिन्न बहानामा आमसर्वसाधारणलाई ठगी गर्ने भएकाले  जिल्ला प्रशासन कार्यालय भक्तपुरले बजार अनुगमन कार्य सुरु गरेको छ ।
बुधबार सहायक जिल्ला प्रशासक डम्मरप्रसाद निरौलाको संयोजकत्वमा भक्तपुरको लोकन्थली क्षेत्रका पसल, खाद्य स्टोर,  साना होटल र बेकरी उद्योगमा टोलीले अनुगमन गरेको छ । अनुगमनका क्रममा लोकन्थलीमा भएका होटल एवं साना किराना स्टोरले आºनो पसलमा मूल्यसूची नराखी सञ्चालन गरेको, पसल दर्ता नगरेको पाइएको निरौलाले जानकारी दिए ।
टोलीले यस्ता पसललाई छिटो दर्ता गर्न पत्राचार गरेको छ, यदि उनीहरूले समयमा दार्ता प्रक्रिया सञ्चालन नगरेमा उनीहरूमाथि कडा कारबाही गरिने उनले बताए ।
लोकन्थलीमा विनादर्ता सञ्चालन भएको दाहाल डेरी एन्ड बेकरी उद्योगसँग कुनै पनि कागजात नभएको, फोहोर स्थानमा आºना सामान उत्पादन गरेको भन्दै टोलीले उद्योगलाई दर्ताप्रक्रिया पूरा नगरेसम्म सञ्चालनमा रोक लगाएको छ ।
सो उद्योगलाई ३ दिनभित्र दर्ता प्रक्रिया थाल्न पत्राचारसमेत गरेको सहायक जिल्ला प्रशासक निरौलाले बताए ।
जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गएको अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालयका लक्ष्मण राजथला, घरेलु तथा साना उद्योगका कृष्णराम गणेश, थिमी नगरपालिका प्रमुख दुर्गादेवी देवकोटा, उपभोक्ता मञ्च नेपालका अध्यक्ष पूर्णकृष्ण श्रेष्ठलगायत संलग्न थिए ।
अनुगमनका क्रममा टोलीले लोकन्थलीको कृष्ण सुन्दर मिठाई पसल, लोकन्थली सपिङ सेन्टर, अन्सुवा स्टोर, बाबा किराना स्टोर, रामलाल श्रीराम स्टोर, लोकन्थली मेडिकल हल र दाहाल बेकरी स्टोरको अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा उपभोक्ता मञ्च नेपालका अध्यक्ष श्रेष्ठले चाडपर्वको मुखमा आएर आमउपभोक्ता ठगिनबाट बचाउन अनुगमन थालनी गरिएकोमा यसको स्वागत गरेका छन् ।
उनले यसरी बजार अनुगमन गर्दा पनि व्यापारीले सस्तो सामान महँगोमा उपभोक्तालाई बिक्री गरेमा वा सामान लुकाएमा प्रशासनले कारबाही गर्ने बताए ।
बजारमा चामल, दाल, चाउचाउ, खानेतेल, वनस्पति घ्यू, बिस्कुटलगायत खाद्यवस्तुमा २५देखि ५० प्रतिशतसम्म मिसावट हुने गरेको तथा व्यापारीले आºनो फाइदाका लागि समय गुज्रिसकेका सामान बिक्री गर्नाले उपभोग गर्नेको स्वास्थ्यमा समेत नकारात्मक असर पर्ने गरेको चिकित्सक बताउँछन् ।
यस्तो अनुगमन वर्षमा एक दिन मात्र हुने तर व्यापारीले भने सधँै लुट मच्चाउने भएकाले प्रशासनले समय–समयमा बजारको अनुगमन गरिरहुनुपर्ने आमउपभोक्ताको माग छ ।

प्रतिक्रिया