संघ ईन्धनमा दिईएको सहुलियतको विपक्षमा

काठमाडौं, २६ भदौ । वायू सेवा सञ्चालक संघले विभिन्न माग राखेर हवाई सेवा रोक्ने चेतावनी दिएको छ ।
संघले आज (बुधबार) काठमाडौंमा पत्रकार सम्मेलन गरेर हवाई ईन्धनमा भएको मूल्य बृद्धि फिर्ता गर्नुपर्ने लगायतका तीन बुँदे माग अघि सारेर सेवा बन्द गर्ने जनाएको हो ।
हवाई ईन्धनमा भएको मूल्य बृद्धिले वायू सेवा सञ्चालक र उपभोक्ता मर्कामा परेको संघको भनाई छ । संघले डिजेल, मट्टितेल र एलपी ग्यासमा दिँदै आएको सरकारी अनुदानको घुमाउरो भाषामा बिरोध गरेको छ ।
संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले मट्टितेल, ग्यास र डिजेलको घाटा हवाई ईन्धनबाट असुल्ने पञ्चायतकालीन अनुदानको बिरोध गरे । उनले आयल निगमले २० प्रतिशत् भन्दा बढि मुनाफा लिन नपाउने सरकारी ब्यवस्था रहेको बताए । सो व्यवस्था बिरुद्ध निगम रहेको उनको दाबी छ ।

प्रतिक्रिया