विद्यार्थीद्वारा राजधानीमा सरकार बिरुद्ध प्रदर्शन

Nepal-Student-Unionकाठमाडौं, २६ भदौ । नेपाल विद्यार्थी संघ, अनेरास्ववियुलगायतका विभिन्न विद्यार्थी संघ/संगठनहरुले पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धिको बिरोधमा राजधानीमा प्रदर्शन गरेका छन् ।
राजधानीका अधिकांश क्याम्पस अगाडि सरकार विरुद्ध प्रदर्शन गरेको नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिए । बिहान आठ देखि ९ बजे सम्म एकघण्टा बिरोध स्वरुप चक्का जाम गरिएको लामिछानेले बताए ।
सरकार र निगम नेपाल आयल निगम विरुद्ध चर्का नारावाजी गरेका विद्यार्थीले मूल्य बृद्धिको निर्णय फिर्ता लिन माग गरेका छन् । उनीहरुले मूल्य बृद्धिको निर्णय फिर्ता नभए सरकार विरुद्ध कडा आन्दोलन गर्ने चेतावनी पनि दिए ।
चक्का जामका कारण केही समय राजधानीको यातायात व्यवस्था प्रभावित भएको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ ।
नेपाल आयल निगमले मंगलबार राति देखि लागू हुने गरेर पेट्रोलियम पदार्थमा मूल्य बृद्धि गरेको थियो । (तस्विर सौजन्य युपी लामिछाने)

प्रतिक्रिया