सुकुम्बासीलाई हटाउने निर्णयको विरोध

Manhariमनहरि, २६ भदौ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बसेका सुकुम्बासीको टहरा हटाउने निकुञ्जका प्रमुख संरक्षण अधिकृतको अभिव्यक्तिप्रति सुनाचुरी क्षेत्रमा बस्ने सुकुम्बासीले आपत्ति जनाएका छन् ।
आºनै बस्तीमा पत्रकार सम्मेलन आयोजना गरी उनीहरूले निकुञ्जका प्रमुख संरक्षण अधिकृतको अभिव्यक्ति अव्यावहारिक भएको भन्दै आपत्ति जनाएका हुन् । चितवन राष्ट््िरय निकुञ्जको पूर्वीसिमानाअन्तर्गत मनहरि गाविस वडा नं. १, २ र ३ रमनटार, डिपार्ट, सुनाचुरी क्षेत्रका सुकुम्बासीले बसोबासको स्थायित्व हुनुपर्ने मागसमेत गरेका छन् । उनीहरूले १५ असारमा सुकुम्बासी समस्या सामाधान आयोगमार्फत परिचयपत्र पाएका थिए । चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रमा बस्नेलाई निकुञ्जले तस्करको आरोप लगाएको भन्दै उनीहरूले प्रमुख संरक्षण अधिकृतको अभिव्यक्तिप्रति आक्रोश व्यक्त गरेका हुन् । लामो समयदेखि स्थायित्वका लागि संघर्षरत स्थानीयले बाढीपीडित बस्ती संरक्षण समिति गठन गरी संघर्ष गर्दै आएको समितिका अध्यक्ष बुद्धरत्न लामाले जानकारी दिए ।
सो क्षेत्रमा ०५० र ०५९ सालमा मकवानपुर जिल्लाको विभिन्न पहाडी १० गाविसमा आएको बाढीका कारण विस्थापित भएका १५ सय घरधुरी बसोबास गर्दै आएका छन् । विनाविकल्प आफूहरूलाई हटाउने प्रयास गरिए कडा संघर्ष गर्ने उनीहरूले चेतावनी दिएका छन् । समस्या समाधान आयोगले सो क्षेत्रमा बसेका सुकुम्बासीलाई प्रतिघर धुरी साढे २ कठ्ठा दिने निर्णयसमेत गरेको अवस्थामा निकुञ्जको अभिव्यक्ति गैरजिम्मेवार भएको संघर्ष समितिका सदस्य डम्बरबहादुर मोक्तानले जानकारी दिए । राज्यले उचित व्यवस्थापन
नगरेसम्म सो क्षेत्रबाट कसैलाई पनि हटाउन नसक्ने उनको दाबी थियो ।

प्रतिक्रिया