म लाई पारिवारिक दवाव छैन : करीना

kareena-kapoorमुम्बई, २४ भदौ । वलीउड नायिका करीना कपुर खानले आफूलाई पति सफै अली खानले राम्रोसँग बुझेको प्रतिक्रिया दिएकी छन् ।
अधिकांश अभिनेत्रीहरु विवाह पछि पारिवारिक सीमामा बाँधिन्छन् । सोही विषयलाई लिएर विभिन्न खालका टिकाटिप्पणी आईरहेका बेला करीनाले सो प्रतिक्रिया दिएकी हुन् ।
‘म पहिला जस्तो थिए, त्यस्तै छु,’ उनले भनेकी छन्, ‘पछि पनि मेरो आनिवानीमा खासै फरक पाउनु हुने छैन ।’ करीनाले आफूलाई सहि लाग्ने विषयमा आफै निर्णय गर्ने बताईन् ।
‘म एउटा कलाकार हूँ,’ उनले भनेकी छन्, ‘कुनै रोल राम्रो लागे म काम गर्न तयार रहने छु ।’
पछिल्लो समयमा वलीवुडमा परिवर्तन आईरहेको उनको भनाई छ । ‘हाम्रो सोंच धेरै प्रगतिशील छ,’ उनले भनिन्, ‘यदि कुनै रोल मलाई राम्रो लगेमा म आफै निर्णय गरेर खेल्ने छु ।’
करीना र सैफ अली खान वलीवुडका अत्याधिक रोमान्टिक जोडीमा पर्छन् ।
३२ वर्षीया करीनाले आफ्ना पति सैफलाई जिम्मेदार व्यक्तिको दर्जा दिएकी पनि छन् । पति सैफले अहिले सम्म आफूलाई कुनै पनि रोकावट नगरेको उनले बताईन् ।
पाँच सालको प्रेम सम्बन्ध पछि सैफ–करीनाबीच पछिल्लो बर्ष १६ अक्टूबरमा विवाह भएको थियो ।
करीनाले ‘रिफ्यूजी’ मार्फत वलीउडमा आफ्नो फिल्मी करियरको शुरुआत गरेकी हुन् । १३ बर्षमा उनी सफल नायिका समेत भएकी छन् ।

प्रतिक्रिया