रौतहटमा तमलोपा नेपाल ‘रित्तै’

काठमाडौ, २१ भदौ । महेन्द्र यादव नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय उपाध्यक्ष ब्रज किशोर सिंहसहित रौतहट जिल्ला कार्य समिति संघीय सदभावना पार्टीमा प्रवेश गरेको छ ।
काठमाडौंमा आज (शुक्रवार) पत्रकार सम्मेलन गरेर सिंहसहित सो पार्टीका रौतहट जिल्ला अध्यक्ष हरिनारायण सहनसहितको टोली अनिल झा नेतृत्वको संघीय सदभावनामा प्रवेश गरेको हो ।
सचिव दीपेन्द्रकुमार सिह, कोषाध्यक्ष रमाकान्त चौरसिया, सदस्यहरु रामप्रताप सिंह दिलिपकुमार सिंह, डा.उमेशकुमार अधिकारी, विनोदकुमार सिंहलगायतका नेता कार्यकर्ता संघीय सदभावनामा प्रवेश गरेका छन् ।

प्रतिक्रिया