असन्तुष्ट पक्षद्वारा एमाले निर्णयको स्वागत

Jhapat-Rawalकाठमाडौं, १८ भदौ । युवा संघ नेपालका असन्तुष्ट पक्ष उपाध्यक्ष झपटबहादुर रावल समूहले एमालेले पछिल्लो पटक गरेको निर्णयको स्वागत गरेको छ ।
रावल नेतृत्वको समूहले आज (मंगलबार) संयुक्त विज्ञप्ति जारी गरेर एमालेको १५, १६ र १७ गते बसेको केन्द्रीय कमिटी बैठकले विवाद मिलाउन गरेको निर्णयको समर्थन गरेको हो ।
केन्द्रीय कमिटी बैठकले संघ भित्र देखिएको विवाद मिलाउन विभिन्न निर्णय गरेको थियो ।
विवाद मिलाउन एमालेले आफ्नो नीति र संघको विधान सम्मेलनबाट पारित विधान विपरित गरिएका सबै निर्णयहरु खारेज गर्ने, संघलाई पार्टी नीति तथा संघको विधान अनुसार नैं सञ्चालन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया