सिरियामा लाखौं सर्वसाधारण घर छाड्न बाध्य

Siriya'sसिरिया । सिरियामा जारी हिंसाका कारण ५० लाख सर्वसाधारण आफ्नो बसोबास गर्दै आएको स्थानबाट बिस्थापित भएका छन् । बिस्थतावित मध्ये २० लाख व्यक्ति शरणार्थी बनेको शरणार्थीसम्बन्धि संयुक्त राष्ट्रसंघीय उच्चायोगले जनाएको छ । कूल जनसंख्याको एक तिहाई जनता सडकमा बस्न बाध्य बनाइएको बीबीसीले जनाएको छ ।

उच्चायोगका प्रमुख एन्तोनियो गुतेरेसले सडकमा पुगेका सर्वसाधारणलाई सहयोग गर्ने वातावरण समेत नभएको भन्दै विश्व समुदायको ध्यानाकर्षण गराएका छन् । सिरियाका लागि राष्ट्रसंघीय दूतले जारी हिंसा नरसंहारतर्फ उन्मुख हुँदा लाखौं जनता खानपिनबाटै बन्चित बनेको बताएका छन् ।

लाखौं बालबालिका पनि पढाईबाट बन्चित हुनुका साथै अनाथ बनेका छन् । दिनहुँको हिंसामा परेका बालबालिकाको मानसिक स्थितिबारे पनि सोच्न बिश्व समुदायलाई आग्रह गरिएको छ ।

प्रतिक्रिया