लामो समय पछि एमाओवादीमा कार्यविभाजन

Ucpn Maobadiकाठमाडौं, १७ भदौ । एकीकृत माओवादीले अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा हेडक्वार (केन्द्रीय कार्यालय) गठन गर्नुका साथै व्यूरो इन्चार्जहरुको जिम्मेवारीमा हेरफेर गरेको छ ।
पार्टी कार्यालय कोटेश्वरमा आज (सोमबार) बसेको केन्द्रीय समिति बैठकले दाहालको नेतृत्वमा हेडक्वारट बनाउने निर्णय गरेको हो । हेडक्वाटरमा दाहालका साथै बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटी रहने छन् ।
एमाओवादीले भर्खरै एमाले छाडेर आएका रामचन्द्र झालाई मधेश ब्युरोको इन्चार्ज बनाएको छ । मधेश व्यूरोका हरिबोल गजुरेललाई सो जिम्मेवारीबाट एमाओवादीले हटाएको छ । गजुरेललाई उत्पादन तथा सहकारी व्यूरोको जिम्मेवारी दिइएको छ ।
एमाओवादीले वर्षमान पुनलाई पूर्वी व्यूरो, मध्यपश्मिचमको कष्णबहादुर महरा, पश्चिममा टोपबहादुर रायमाझी, सुदूरपश्चिममा शक्ति बस्नेत, अन्तर्राष्ट्रियमा दीनानाथ शर्मा, विशेष ब्यूरोमा जनार्दन शर्मा, युवा व्यूरो इन्चार्जमा नन्दकिशोर पुन पासाङ र सूचना तथा सञ्चारमा अग्निप्रसाद सापकोटालाई जिम्मेवारी तोकेको हो ।
त्यसै गरी, एमाओवादीले राज्य समिति पनि गठन गरेको छ । लिम्बूवानमा टंक आङबुहाङ र हेमराज भण्डारी, किराँतमा हिमाल राई र बालकृष्ण ढुंगेल, कोचिलामा गोपाल किराती छन् ।
सेती महाकालीमा लेखराज भट्ट र खगराज भट्ट, भेरी कर्णालीमा कालीबहादुर खाम र डीआर पौडेल, थारुवानमा नवराज सुवेदी र जगप्रसाद शर्मा ईञ्चार्ज र संयोजक तोकिएका छन् ।
मगरातमा लोकेन्द्र विष्ट र गिरिधारीलाल न्यौपाने, तमुवानमा भीमप्रसाद गौतम र हरि अधिकारी, नेवा:मा देवेन्द्र पौडेल र झक्कु सुवेदी, तामसालिङमा विश्वभक्त दुलाल र नारायण दाहाल, भोजपुरामा प्रभू साह, मिथिलामा विश्वनाथ साह र श्रवण यादव छन् ।
यसैवीच, एमाओवादीले असोज–१५ गतेसम्म एकमहिने निर्वाचन अभियान चलाउने निर्णयपनि गरेको छ । असोज–१० गते प्रत्येक जिल्ला सदरमुकाममा सभा गरिने एमाओवादीले जनाएको छ ।

प्रतिक्रिया