काठमाडौं । आठौं साफ च्याम्पियनसिप फुटबलमा उद्घाटन खेलमा नेपालले बंगलादेशलाई दुई शून्यले पराजित गरेको छ ।
दशरथ रंगशालामा शनिबार राति भएको उद्घाटन खेलमा आयोजक नेपालले चीरपरिचित प्रतिद्धन्द्धी बंगलादेशमाथि २–० को जित हासिल गरेको हो ।
खेलको १८ औं मिनेटमा अनिल गुरुङको गोलबाट प्रारम्भिक अग्रता लिएको नेपालले ३१ औं मिनेटमा भरत खवासले गोल दोब्बर गरेका थिए ।
नेपाल र बंगलादेशको खेल हेर्न शनिबार झण्डै २० हजार दर्शकको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया