सौराहामा ‘ईको एड्भाञ्चर रिर्सोट’ सञ्चालनमा

Eco-Resort-1सौराहा, १४ भदौ । चितवनको पर्यटकीय नगरी सौराहामा शुक्रबारदेखि ‘ईको एड्भाञ्चर रिर्सोट’ले आफ्नो सेवा आरम्भ गरेको छ ।
पर्यटकीय क्षेत्रमा आउने स्वदेशी तथा विदेशी लक्षित गरी रिर्सोट सञ्चालनमा आएको हो । विगत एकदशक देखि पर्यटन व्यवसायमा संलग्न पर्यटन व्यवसायी ऋषि तिवारीले रिर्सोट खुलेका हुन् ।
तिवारीले २ करोड २५ लाखमा निर्माण गरेको जानकारी दिए ।
सुविधा सम्पन्न एटेच वाथ रुम सहित १० वटा कोठा पहलो चरणमा सञ्चालन गरेको होटलका सञ्चालक तिवारीले बताए ।
जंगल सफारी, डुङ्गा, उट, हात्ती, जीप सफारीसहित पूर्ण शान्त पारिवारिक वातावरण होटलको विशेषता छन् ।
होटलमा स्थानीय ७ जना युवाले रोजगारी पनि पाएका छन् । रिर्सोटको शुक्रबार हाँस्य कलाकार सन्तोष पन्तले उदघाटन गरेका हुन् । उनले दिगो पर्यटन विकासका लागि सबै पर्यटन व्यवसायीहरुलाई एकजुट भएर अगाडि बढ्न सुझाव दिए ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले वन र वन्यजन्तु संरक्षणका लागि पब्लिक पार्टनसीप गरेर मात्रै सहकार्य हुने बताए । उनले चोरी सिकारी नियन्त्रणका साथै मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनिकरणमा ध्यान दिनुपर्ने उल्लेख गरे ।

Eco-Resort-SaurahaEco-Resort-Sauraha-2

प्रतिक्रिया