संघका सर्लाही अध्यक्ष अग्रवालको मृत्यू

Sarlahi Districtसर्लाही, १३ भदौ । उद्योग वाणिज्य संघ सर्लाहीका अध्यक्ष रंगलाल अग्रवालको मृत्यू भएको छ ।
संघको कार्यालय नजिकै सडकको खाल्डोमा ज २ प ४७२१ नम्बरको आफ्नै मोटरसाइकलले थिचिएको अवस्थामा अग्रवाल बिहीबार राति फेला परेका हुन् ।
संघको साधारणसभा आउन एकदिन अघि अध्यक्ष अग्रवालको मृत्यू भएको हो । मोटरसाईकल दुर्घटनामा परेर उनको मृत्यू भएको हुन सक्ने प्रहरीले प्रारम्भीक अनुमान गरेको छ ।

प्रतिक्रिया