तोकिएकै समयमा निर्वाचन गराउन पहल गर्ने

surya bd thapaकाठमाडौं, १२ भदौ । मुलुकको पछिल्लो राजनीतिक अवस्था निर्वाचनका विषयमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेतृत्वबीच भेटवार्ता भएको छ ।
काठमाडौंको डल्लुमा आज (बुधबार) भएको भेटवार्तामा असन्तुष्ट दलहरुलाई सहमत गराई तोकिएकै समयमा निर्वाचन गराउन सहमति भएको हो । राप्रपाका अध्यक्ष सूर्यबहादुर थापाले तोकिएको समयमै निर्वाचन नगरिए मुलुक ठूलो राजनीतिक दुर्घटनामा जाने बताए ।
जवाफमा एमाले अध्यक्ष झलनाथ खनालले आफूहरु पनि समयमा निर्वाचन होस भन्ने पक्षमा रहेको बताए । ‘निर्वाचन सार्ने कुरै हुँदैन,’ उनले भने, ‘तोकिएको समयमा निर्वाचन गराउन दवाव दिनु पर्छ ।’
तोकिएको समयमा निर्वाचन गर्नुपर्ने जनाउँदै आएको राप्रपाले दवावका लागि विभिन्न दलका शीर्ष नेताहरुसँगको परामर्शलाई तिब्रता दिने जनाएको छ ।
भेटमा एमालेका अध्यक्ष खनाल, राप्रपाका अध्यक्ष थापा र पशुपति शम्शेर राणाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया