फकाउने जिम्मेवारी अब ‘कांग्रेस–एमाले’लाई

4 dal ka netaकाठमाडौं, १२ भदौ । उच्चस्तरीय राजनीतिक समितिले नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चा र संघीय समाजवादी पार्टीलाई वार्तामा ल्याउनका लागि पहल गर्ने कांग्रेस–एमालेलाई जिम्मेवारी दिएको छ ।
महाराजगञ्जमा आज (बुधबार) बसेको समिति बैठकले नेकपा–माओवादीको ३३ दलीय मोर्चा र अशोक राई अध्यक्ष रहेको समाजवादी पार्टीलाई वार्तामा ल्याउन पहल गर्ने सहमति भएको हो ।
समिति संयोजक समेत रहेका कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनाललाई वार्ताको पहल गर्ने जिम्मेवारी दिएको मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।
‘नेकपा–माओवादी नेतृत्वको मोर्चा र संघीय समाजवादी पार्टीलाई वार्तामा ल्याउन प्रयास गर्छौ,’ उनले भने, ‘अनौपचारिक छलफल पछि पुन: बैठक बस्ने छौं ।’
मधेशी जनअधिकारी फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले असन्तुष्ट दलहरुसँगको वार्ता र छलफललाई जारी राख्ने सहमति भएको बताए ।
एमालेका नेता रघुजी पन्तले सहमतिका लागि समिति लचिलो भएर जाने बताए । उनले निर्वाचनलाई असर नपर्ने गरेर वार्ताको प्रयास जारी रहने उल्लेख गरे ।

प्रतिक्रिया