बाबुरामका सल्लाहकार कांग्रेसमा प्रवेश

Rameshowar Khanalकाठमाडौं, १० भदौ । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईका आर्थिक सल्लाहकार भईसकेका पूर्व अर्थमन्त्री रामेश्वर खनालले कांग्रेसको सदस्यता लिएका छन् ।
कांग्रेस पार्टी कार्यालय सानेपामा आज (सोमबार) आयोजित कार्यक्रममा सभापति सुशील कोइरालाले खनाललाई सदस्यता प्रदान गरेका हुन् ।
सदस्यता पाईसके पछि पूर्व अर्थसचिव खनालले आफू कांग्रेसको सिद्धान्त र निर्देशनमा रहेर सधै कार्यकर्ताका रुपमा सक्रिय रहने प्रतिक्रिया दिए । पूर्व सचिव खनाल पाल्पा नगरपालिका वडा नम्वर तीनका स्थायी निवासी हुन् ।
एमालेका नेता भरतमोहन अधिकारी अर्थमन्त्री रहेका बेला केही विषयमा विमती राखेर खनालले अर्थ सचिवको पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया