‘मुलुक आर्थिक विकासमा पछि परेको छ’

rambaran yadav2काठमाडौं, १० भदौ । राष्ट्रपति डा.रामवरण यादवले राजनीतिक संक्रमणका कारण मुलुकको आर्थिक विकास पछि परेको बताएका छन् ।
उनले मुलुकलाई आर्थिक विकासको मुलधारबाट अघि बढाउनु पर्ने बताए । राजधानीमा आज (सोमबार) आयोजित कार्यक्रममा राष्ट्रपति डा.यादवले आर्थिक क्षेत्रलाई अगाडि बढाउन मुलुकमा राजनीतिक स्थायित्व आवश्यक रहेको बताए । ‘मुलुक आर्थिक विकासमा पछि परेको छ,’ उनले भने, ‘राजनीतिका साथै आर्थिक उन्नतीमा पनि ध्यान दिनुपर्छ ।’
नेपालमा उर्जाको प्रशस्त सम्भवना रहे पनि उत्पादन गर्न नसकिएको उनको भनाई छ । राष्ट्रपति डा.यादवले बढि मात्रामा उर्जा उत्पादन गरी मुलुकलाई उर्जासंकटबाट मुक्त गर्न सरोकारवालासँग आग्रह गरे ।

प्रतिक्रिया