विषाक्त ग्यासबाट ३ सय ५५ को मृत्यू

siriyaसिरिया । सिरियामा विषाक्त ग्यासको प्रयोगबाट ३ सय ५५ जनाको मृत्यू भएको छ । ग्यासबाट सिरियाका नागरिकहरुको मृत्यू भए पछि अमेरिका र बेलायतले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
रासायनिक हतियार प्रयोग गरेर निहत्था नागरिक मारिएको पुष्टि भएलगत्तै दुई देशका प्रमखहरुले गम्भीर परिणाम ब्यहोर्न सिररिया सरकारलाई चेतावनी दिएका छन् ।
अमेरिकी राष्ट्रपति बराक ओबामा र बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले ४० मिनेट फोन वार्ता गर्दै सिरियामा शासकले रासायनिक हतियार प्रयोग गरेकामामा गम्भीर ध्यानाकर्षण भएको जनाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यसअघि, मेडसां साँ फ्राटियेले विषाक्त ग्यासको प्रयोगबाट विरामी भएका करिब ३६ सय व्यक्तिको उपचार गरिएकोमा ३ सय ५५ जनाको मृत्यू भएको थियो । स्नायुतन्त्रलाई विषाक्त गर्ने ग्यासबाट प्रभावित भएका यी विरामी राजधानी दमस्कसको तीन वटा अस्पतालमा २१ अगस्तमा ल्याइएका थिए ।

२१ अगस्तकै दिन दमस्कसको नजिकै रहेको एक इलाकामा सरकारले विषयुक्त रासायनिक ग्यास प्रयोग गरेर नागरिकको हत्या गरेको आरोप विपक्षीहरुले लगाउँदै आएका छन् । मेडसां साँ फ्राटिये चिकित्सा क्षेत्रमा काम गर्ने एक परोपकारी संस्था हो जसलाई सन् १९९९ मा नोबल शान्ति पुरस्कारबाट सम्मानित समेत गरिएको थियो । रासायनिक हतियार प्रयोग गरेको प्रमाणका रुपमा यसलार्य हेर्न मिल्ने संस्थाको भनाइ छ ।

 

प्रतिक्रिया