सनग्ल्याम हण्टका विजेतालाई ‘नगद’

Sundari-Joysकाठमाडौं । ‘जोय पपाया सन ग्ल्याम हण्ट–२०१३’ प्रतियोगितामा विजेता तथा उपविजेता सुन्दरीहरुलाई नगद पुरस्कार प्रदान गरिएको छ ।
भारतीय श्रृंगार कम्पनी रत्न सागर हर्बल कम्पनीको उत्पादन जोय पपाया सनले दुईसाता अघि ब्राण्ड एम्बासेडर बनाउन राजधानीमा प्रतियोगिता गरेको थियो ।
शीर्ष उपाधि विजेता अनिता आचार्यलाई कम्पनीका नेपाल निर्देशक मणिकर्ण केसीले उपाधिको ५० हजारसहित ‘मिस स्माइल’ र ‘रिडर च्वाईस’ विधा गरी कुल ७१ हजार रुपियाँ प्रदान गरेका हुन् ।
फष्ट रनरअप अशिष्मा नकर्मीले २५ हजार र सेकेण्ड रनरअप सपना अधिकारीले नगद ११ हजार रुपियाँ प्राप्त गरेका छन् ।
कार्यक्रममा सहभागी अन्य प्रतियोगीलाई जनही २१ सय रुपियाँ वितरण गरिएको थियो ।

प्रतिक्रिया