उपाध्यक्ष अग्रहरी महतोको ‘सदभावना’मा प्रवेश

Amrita-Agrahariधनुषा, ८ भदौ । शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टीकी राष्ट्रिय उपाध्यक्ष अमृता अग्रहरी सदभावना पार्टीमा प्रवेश गरेकी छन् ।
जनकपुरमा आज (शनिबार) आयोजित कार्यक्रममा उपाध्यक्ष अग्रहरी सदभावना पार्टीमा प्रवेश गरेकी हुन् । सदभावनाका अध्यक्ष राजेन्द्र महतोले उनलाई सदस्यता प्रदान गरेर पार्टीमा प्रवेश गराएको जारी विज्ञप्तिमा उल्लेख छ ।
कुनै बेला नेतृ अग्रहरी र महतोले ‘नेपाल सदभावना पार्टी’मा साथ काम गरेका थिए ।
राष्ट्रिय मधेश समाजवादी पार्टी मधेशका मुद्दाहरुमा नेतृत्व उदाशिन रहेको आरोप लगाउँदै अग्रहरीले पार्टी परित्याग गरेकी हुन् । ‘अध्यक्ष शरतसिंह भण्डारी महोतरी जिल्लामा मात्रै केन्द्रित भएकाले मधेसका मुद्दा ओझेमा परेका छन्,’ उनले भनिन्, ‘मधेसलाई सवल बनाउन म सदभावना पार्टीमा प्रवेश गरेकी हुँ ।’
नेतृ अग्रहरी पुन: विभिन्न दल चाहर्दै महतो नेतृत्वको सदभावना पार्टीमा आईपुगेकी हुन् ।

प्रतिक्रिया