खनालको निर्देशन नमान्ने व्यक्ति छन् : गौतम

bamdev gautamकाठमाडौं, ६ भदौ । एमालेका उपाध्यक्ष बामदेब गौतमले पार्टी भित्र अध्यक्ष झलनाथ खनालको निर्देशनलाई नमान्ने केही ब्यक्ति रहेको बताएका छन् ।
अखिल नेपाल किसान महासंघले आज (बिहीबार) काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा गौतमले खनालको निर्देशन नमान्नेलाई कारवाही गरेर भएपनि एमालेभित्रको विवाद समाधान गर्नुपर्ने बताए ।
उनले नेकपा–माओवादीपनि निर्वाचनमा सहभागी हुन तयार हुने दावी गरेका छन् ।
पछिल्ला वार्ता र सम्बादले नेकपा–माओवादी निर्वाचनप्रति लचक देखिएको बताए । उनले निर्वाचन बहिस्कार गर्दा कतै आफै बहिस्कार भईने हो कि भन्ने चिन्ता बढेको बताए ।

प्रतिक्रिया