बर्दियामा ९ वटा ‘सकेट बम’ फेला

बर्दिया, ६ भदौ । बर्दियामा फेलापरेका नौं वटा ‘सकेट बम’ नेपाली सेनाले निष्कृय बनाएको छ । बगनाहा–१, शाहीपुरमा रहेका ‘सकेट बम’ बुधबार सेनाले निष्कृय बनाएको हो ।
रामलक्ष्मण थारुले आफ्नो घर नजिकै ट्वाईलेटको सेफ्टी ट्याङ्की खन्ने क्रममा प्लाष्टिकमा बेरिएको अवस्थामा नौं वटा ‘सकेट बम’ फेला परेका थिए ।
‘सकेट बम’ फेला परे लगत्तै त्यस क्षेत्रलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यस लगत्तै सेनाको रुद्रध्वज गण गुलरियाले ‘सकेट बम’ निष्किृय बनाएको प्रहरी प्रमुख एसपी सुरेशविक्रम शाहले जानकारी दिए । उनले ‘सकेट बम’ द्वन्द्वकालका समयमा गाडिएको हुन सक्ने बताए ।

प्रतिक्रिया