राम्रा नेतालाई उम्मेद्वारीबाट रोक्ने षड्यन्त्र

Puspakamal-Dahalकाठमाडौं, ५ भदौं । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले राम्रा नेताहरुलाई निर्वाचनमा उम्मेद्वार बन्नबाट रोक्ने षड्यन्त्र शुरु भएको बताएका छन् ।
राजधानीमा आज (बुधबार) आयोजित कार्यक्रममा अध्यक्ष दाहालले द्वन्द्वकालका मुद्दा ब्युँत्याउने बहानामा एमाओवादीका राम्रा नेतालाई चुनावमा जानबाट रोक्न खोजिएको दाबी गरे । ‘हाम्रा राम्रा नेताहरुलाई चुनावमा जान नदिने द्वन्द्वकालका मुद्दा उठाउन खोजिएको छ,’ उनले भने, ‘यदि द्वन्द्वकालका मुद्दा उठाईए विद्रोह गर्छौं ।’
उनले आफूहरुलाई अझै पनि विभिन्न बाहानामा हेप्ने काम भइरहेको गुनासो गरे ।
एमाओवादीका नेता बाबुराम भट्टराईले मानवअधिकारका नाममा अन्तरिम संविधान उल्लंघन गर्ने कार्य भईरहेको बताए । उनले भने, ‘एक जना कार्यकर्ता माथि मुद्दा चलाईए हजारौं कार्यकर्ता सडकमा उतार्छौं ।’

प्रतिक्रिया