जनै पूर्णिमा मुलुक भरि मनाईदै

janaiकाठमाडौं, ५ भदौं । श्रावण शुक्ल पूर्णिमाका दिन आज (सोमबार) जनैपूर्णिमा मनाईदैछ । नयाँ जनै फेर्नुका साथै रक्षा बन्धन अर्थात डोरो नाडीमा बाँधेर यो पर्व मनाउने गरिन्छ ।
आजका दिनलाई रक्षा बन्धन वा ऋषि तर्पणी पनि भन्ने गरिन्छ । नयाँ जनै लगाउने तागाधारीले विहानै उठी नुहाइ धुवाई गरी वैदिक मन्त्र उच्चारण र सप्तषिलाई तर्पण गरी सेचन गराइएको जनै धारण गर्ने परम्परा छ ।
उनीहरुले पुरानो जनै फुकाली चोखो गरी नयाँ जनै फेर्ने गर्छन् । तागाधारीले गोवर, माटो, कुस लगाएर पवित्र जलासयमा गई स्नान गर्ने चलन छ ।
स्नान गरीसकेपछि अपमार्गले दाँत माझ्ने र पञ्चगव्य खाएर नयाँ जनै फेर्ने गरिन्छ । यस पर्वमा आजकै दिन गोसाईकुण्ड, मणिचूड दह, पाटनको कुम्भेश्वर मन्दिरमा मेला लाग्ने गर्दछ ।
जनैपूर्णिमामा नेवार जातिले गुंपुन्ही वा क्वाँटी नख: पनि भन्ने गर्छन् । ठूलो केराउ, सानो केराउ, भटमास, गेडा सिमी, बोडी, मास, मुंग, चना मस्याङ लगायतका नौ थरिका गेडागुडी मिसाएको क्वाँटी पनि खाने गरिन्छ ।

प्रतिक्रिया