विदेशमा पढ्दैमा इन्टर्नसीप पाईदैन : गजुरेल

Damodar-Gajurelकाठमाडौं, ४ भदौं । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष दामोदर गजुरेलले चीनमा एमबीबीएस पढेर आएका विद्यार्थीलाई इन्टर्नसीप गर्न नदिने दोहर्‍याएका छन् ।
काठमाडौंमा आज (मंगलबार) आयोजित कार्यक्रममा गजुरेलले इन्टर्नसीपका पक्षमा पुनरावेदन अदालतले गरेको फैसला विरुद्ध काउन्सिल सर्वोच्चमा जाने जनाए । पुनरावेदनले चीनमा अध्ययन गरेका एमबीबीएस विद्यार्थीलाई इन्टर्नसीप गर्न दिनु भनि आदेश दिएको थियो ।
यद्यपि, काउन्सिलले चीनमा अध्ययन गरेर आएका एमबीबीएस चिकित्सकलाई विश्वास नलागे पछि मान्यता दिएको छैन । चीनमा अध्ययन गरेर आएका एमबीबीएस चिकित्सकले इन्टर्नसीप गर्न नपाए पछि आन्दोलन गर्दै आएका छन् ।
‘विदेशमा डाक्टर पढेर आउँदैमा इन्टर्नसीपका लागि अनुमति दिने संस्था काउन्सिल होइन,’ उनले भने, ‘चीनमा पढेका विद्यार्थीको ठेक्का पनि लिएका छैनौं ।’
उनले विदेशी भूमिमा एमबीबीएस पढेका सबै विद्यार्थीलाई इन्टर्नसिप गर्न दिने हो भने राज्यले थेग्न नसक्ने बताए ।

प्रतिक्रिया