राजविराज, ४ भदौ । भाडा सहुतीयको विषयमा विवाद हुँदा सप्तरीमा विद्यार्थीले दुई वटा माईक्रो वसमा तोडफोड गरेका छन् ।
तोडफोडबाट माइक्रोबसमा क्षति पुगेको छ । राजविराजबाट बिराटनगरतर्फ जाँदै गरेका माईक्रोबसमा आज (मंगलवार) विहान विद्यार्थीको एक समूहले तोडफोड गरेर क्षति पुर्याएको प्रहरीले जनाएको छ ।
पटक–पटक आग्रह गर्दा समेत माईक्रोबस ब्यवसायीहरुले भाडामा सहुलीयत नदिएको भन्दै तोडफोडमा उत्रनु परेको विद्यार्थीको भनाई छ ।
बिद्यार्थीको तोडफोडबाट को १ ख ११६५ र को १ ख १०६० नम्वरको माईक्रोबसमा क्षति पुगेको छ ।
बिद्यार्थीले प्रहार गरेको ढुङ्गा लागेर माईक्रोबसमा सवार तीनजना यात्रु घाईते भएका छन् ।
घाईते हुनेमा विराटनगर उपमहानगरपालिका–२० का शिवशंकर मण्डल, सप्तरीको ईटहरी विसनपुर–३ वस्ने प्रभुनारायण यादव र राधा बस्नेत छन् ।
उनीहरुको सगरमाथा अञ्चल अस्पताल राजविराजमा उपचार भईरहेको नायव उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए ।
तोडफोडमा संलग्न मध्ये रामचन्द्र यादव र दिलिप यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
४५ प्रतिशत छुट सुविधा दिनु पर्ने मागसहित विद्यार्थी संगठनहरुले सप्तरीमा आन्दोलन गर्दै आएका छन् । २ दिन अघि पनि बिद्यार्थीले माईक्रोबसको काउण्टरमा तालाबन्दी गरेका थिए ।
यता, माईक्रोवस ब्यवसायीले प्रत्येक माईक्रोबसमा २ जना बिद्यार्थीलाई सहुलीयत दिँदै आएको दाबी गरेका छन् ।
प्रतिक्रिया