तीन दर्जन बढि जोडी रङ्गेहात पक्राउ

Sexकाठमाडौं, २ भदौ । प्रहरीले काठमाडौंका विभिन्न मसाज सेन्टर र गेष्ट हाउसमा छापामारेर तीन दर्जन बढि जोडीलाई संकास्पद अवस्थामा पक्राउ गरेको छ ।
महानगरीय प्रहरी बृत्त दरबारमार्गबाट खटिएको प्रहरी टोलीले शनिबार ज्याठा ठमेलस्थित न्यू­हर्बल मसाज सेन्टरमा छापामारेको जनाएको छ । सेन्टरमा शंकास्पद अवस्थामा रहेका ललितपुर थसिखेल­१३ का ३६ बर्षीय आलन राईसहित ३ जना पुरुष र ३ जना महिलालाई नियन्त्रणमा लिएको प्रहरी भनाई छ ।
यसैगरी, प्रहरीले बागबजार क्षेत्रमा रहेका होटल तथा लजमा पनि विशेष चेकिङ गरेको छ । चेकिङका क्रममा प्रहरीले काभ्रे गेष्ट हाउसमा संकास्पद अवस्थामा रहेका पुरुष ३ र महिला ३ जना तथा सेहाजन गेष्ट हाउसबाट १ जना पुरुष र १ जना महिलालाई नियन्त्रणमा लिएको छ ।
त्यसै गरी, म्याग्दी गेष्ट हाउसबाट ३ जना पुरुष र २ जना महिला र गेष्ट हाउसको संचालकलगायत १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी, गोंगबुका गेष्टहाउसमा पनि प्रहरीले छापामारेको छ । प्रहरी टोलीले शंकास्पद रुपमा तनहुँ स्याङजा­वालिङ गेष्ट हाउस, भूमिका गेष्ट हाउस, यति गेष्ट हाउसबाट ९ जना महिला र ९ जना पुरुषलाई नियन्त्रणमा लिएको छ ।
उता, माछापोखरीमा रहेको लालीगुँरास गेष्ट हाउसबाट शंकास्पद रुपमा बसेका २ जना पुरुष र २ जना महिला तथा गंगाहल अगाडि रहेको कावेली गेष्ट हाउसबाट १ जना पुरुष र १ जना महिलालाई पनि नियन्त्रणमा लिएको जनाएको छ । (फाईल तस्विर)

प्रतिक्रिया