३३ दलीय मोर्चासँग सहमति हुन्छ : दाहाल

Puspakamal-Dahalजनकपुर, २ भदौ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले ३३ दलीय मोर्चासँग पनि निर्वाचनका विषयमा सहमित हुने दाबी गरेका छन् ।
जनकपुरमा आज (आइतबार) पत्रकारसँग कुरागर्दै दाहालले सोमबार सम्म कुनै न कुनै सहमति हुने वाताएका हुन् । ‘वैद्यजीसँग पनि सरकारको वार्ता भइरहेको छ,’ उनले भने, ‘भोलि (सोमबार) मेरो पनि कुराकानी हुनेछ र निर्वाचनमा वैद्य समूहले भाग लिनेबारे टुङगो लाग्ने छ ।’
उनले दोस्रो संविधानसभाको निर्वाचनको मिति तोकिसकिएकाले त्यसमा कुनै फेरबदल नहुने दोहर्‍याए । असन्तुष्ट दलहरुसँग सकारात्मक वार्ता भएको दाहालको भनाई थियो ।
मधेसी जनअधिकार फोरम नेपाल लगायतका असन्तुष्ट दलहरुसँगको वार्ता सकारात्मक भएकाले पनि निर्वाचन हुने उनले बताए ।

प्रतिक्रिया