सरकार र ३३ दलीय मोर्चाको वार्ता स्थगित

Mohan-Baidhya
काठमाडौं, २ भदौ । सरकार र नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाबीच हुने भनिएको वार्ता स्थगित गरिएको छ ।
काठमाडौंको बबरमहलस्थित शान्ति कोषको कार्यालयमा आज (आइतबार) हुने भनिएको वार्ता सोमबार सम्मका लागि स्थगित भएको हो । मोर्चासँगको वार्ता सोमबार हुने कार्यक्रम रहेको अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीका प्रेस संयोजक राजेन्द्र पाण्डेले जानकारी दिए ।
नेकपा–माओवादीका सचिव देब गुरुङले पनि सरकारी गृहकार्य नपुगेका कराण वार्ता स्थगित भएको बताए । ‘सोमबार वार्ता हुने कार्यक्रम छ,’ उनले भने ।
दलीय सरकार गठन, निर्वाचन प्रक्रिया रोक्नुपर्ने लगायतका माग राखेको ३३ दलीय मोर्चाले यथाअवस्थामा निर्वाचनमा जान नसक्ने जनाई सकेको छ ।

प्रतिक्रिया