दुर्घटनामा निरीक्षकसहित नौ प्रहरी घाइते

सिरहा, १ भदौ । सिराहामा प्रहरी भ्यान र ट्याक्टर एक आपसमा ठोकिंदा प्रहरी निरीक्षक सहित नौं जना प्रहरी घाइते भएका छन् ।
लहानबाट पश्चिमतर्फ आउंदै गरेको स. १ त २६७६ नम्वरको ट्याक्टर र वडा प्रहरी कार्यालय लहानको गस्तीमा रहेको बा. १ झ ७७४४ नम्वरको प्रहरी भ्यान पूर्व–पश्चिम महेन्द्रराजमार्ग अन्तर्गत पडरीया–९, भोटीयाटोलमा शुक्रबार राति ठोकिंदा प्रहरी निरीक्षक राकेशकुमार पौदार सहित नौ जना प्रहरी घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाईते निरीक्षक पौदवार र सई चन्द्रवहादुर अधिकारीको अवस्था गम्भीर छ । घाइते सवैलाई थप उपचारका लागि धरान गलिएको जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी पूर्णचन्द्र जोसीले जानकारी दिए ।
दुर्घटनामा सई केदार अधिकारी, चन्द्र वहादुर अधिकारी, असई दयाराम साह, सियाराम साह, प्रहरी जवानहरु रोशन श्रेष्ठ, राजकुमार खड्का, दुर्गा खड्का, चन्द्र खाती, मनोज चौधरी घाईते भएका छन् ।

प्रतिक्रिया