चन्दा माग्ने माओवादीका कार्यकर्ता पक्राउ

धनगढी, १ भदौ । सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अन्तरगत फल्टुडे सडकखण्डमा चल्ने सवारी साधन रोकर जबरजस्ती चन्दा माग्ने नेकपा–माओवादीका तीनजना कार्यकर्ता पक्राउ परेका छन् ।
काठ बोकेर आइरहेको ट्रकलाई रोकेर चन्दा माग्ने कैलाली जिल्ला गेटा–६ का रामप्रसाद भट्ट, २ का रुपलाल देउगर र मालाखेती–७ का गोपाल नगर्जी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
समूहमा आएका नेकपा–माओवादीका कार्यकर्ताले शुक्रबार दिउँसो एक बजे राजमार्गमा चलिरहेका ट्रकहरुसँग चन्दा माग गरेका हुन् । चन्दा नदिएको भन्दै नेकपा माओवादीका कार्यकर्ताले एकजना चालकलाई कुटपिटका छन् । कुटपिटका कारण केही समय सडक तनव पूर्ण बनेको थियो ।
जबरजस्ती चन्दा मागेको र चालकलाई कुटपिट गरेको बिरोधमा चालक तथा धनीहरुले शुक्रबार केही समय सडक अबरोध गरेका थिए ।

प्रतिक्रिया