चट्याङले लागेर एकजनाको मृत्यू

खोटाङ, ३२ साउन । खोटाङ जिल्लामा चट्याङ लागेर एकजनाको मृत्यू भएको छ । बिहीबार बेलुका चट्याङ लाग्दा राखावाङदेल–७ का ५० बर्षीय निरकुमार कार्कीको मृत्यू भएको प्रहरीले जनाएको छ ।
यसैवीच, तनहुं जिल्लामा सडक माथिबाट खसेको ढुंगाको चोइटाले लागेर दुई जना घाईते भएका छन् ।
काठमाडौंबाट पोखरा तर्फ जांदै गरेको बा.४६ प २२४९ नम्वरको मोटरसाइकल चालक पांचथर जिल्ला लुङ्गा–४ घर भएका २४ बर्षीय रविन मोक्तान र मोटरसाइकल पछाडि बसेका काठमाडौं खुमलटारका १४ बर्षीया रीना लिम्बु घाइते भएका छन् ।
उनीहरुलाई आवुखैरेनी–७, ऐनापहरामा सडक माथिबाट ढुंगाको चोइटा खसेर लागेको थियो । मोक्तान र लिम्बुको चितवनमा उपचार भईरहेको छ ।

प्रतिक्रिया