अध्यक्ष खनालको निर्देशन बस्नेतले मानेनन्

काठमाडौं, ३१ साउन । एमाले निकट युवा संघ नेपालको आन्तरिक विवादका वावजुद संस्थापन पक्षको केन्द्रीय कमिटीको बैठक मोरङमा शुरु भएको छ ।
आज (बिहीबार)बाट शुरु भएको बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, संविधानसभाको चुनाव र अन्य विविध विषयमा छलफल हुने छ । बैठकले संगठन सुदृढिकरणका विषयमा पनि निर्णय गर्ने छन् ।
एमाले अध्यक्ष झलनाथ खनालले आन्तरिक विवाद रहेकाले संघको केन्द्रीय कमिटी बैठक स्थगित गर्न अध्यक्ष महेश बस्नेतलाई निर्देशन दिएका थिए ।
यद्यपि, बस्नेतले अध्यक्ष खनालको निर्देशन अवज्ञा गर्दै मोरङमा बैठक बसालेको आरोप लागेको छ ।
उपाध्यक्ष झपटबहादुर रावलले अध्यक्ष बस्नेतको कार्यशैलीप्रति असहमति जनाउंदै आएका छन् । उनले संस्थापनका कार्यक्रम बहिष्कार गरे पछि विवाद सडकमा आएको हो ।
उता, अध्यक्ष बस्नेतले उपाध्यक्ष रावल समूहलाई विधान विपरितका क्रियाकलाप गरेको भन्दै कारबाहीको चेतावनी दिएका छन् ।
यसैवीच, असन्तुष्ट पक्षले आजै राजधानीमा राखेको अन्तरक्रियाको कार्यक्रम स्थगित गरेको छ ।

प्रतिक्रिया