भूतपूर्व प्रधानमन्त्री मरिचमान सिंहको निधन

Marich_Man_Singh_Shrestha

काठमाडौं, ३१ साउन । भूतपूर्व प्रधानमन्त्री मरिचमान सिंहको ७२ वर्षको उमेरमा निधन भएको छ ।
लामो समयदेखि फोक्सोको क्यासरबाट पीडित सिंहको आज (बिहीबार) विहान काठमाडौंमा उपचारका क्रममा निधन भएको हो । उनको विहान साढे तीन बजे निधन भएको अस्पतालले जनाएको छ ।
भारतको राजधानी नयां दिल्लीमा झण्डै एकमहिना उपचार गराएका सिंहको उपचारमा सुधार नभए पछि मंगलबार राति एयर एम्बुलेन्स मार्फत काठमाडौं ल्याईएको थियो । स्वास्थ्यमा सुधार नभए पछि भूतपूर्व प्रधानमन्त्री सिंहले स्वदेशमै आफ्नो प्राण जाओस् भन्ने ईच्छा जनाएका थिए ।
अन्तिम श्रद्धाञ्जलिका लागि सिंहको पार्थिव शरीर काठमाडौंको धापासीस्थित निवासमा राखिएको छ । उनलाई आजै पशुपति आर्यघाटमा अन्तिमदाहसंस्कार गरिने छ ।
सल्यान जिल्लामा जन्मिएका सिंह पञ्चायतकालको अन्त्य तिर करीव तीन बर्ष प्रधानमन्त्री भएका थिए । सिंह प्रधानमन्त्री बन्नु अघि राष्ट्रिय पञ्चायतको अध्यक्ष समेत भएका थिए ।
राष्ट्रियता र स्वाभिमानका लागि कहिल्यै विचलित नभएका भूतपूर्व प्रधानमन्त्री सिंह आफ्नो जीवनकालमा काठमाडौंमा कुखुरापालन गरेर बसेका थिए ।
आर्थिक अवस्था कमजोर रहेका सिंहलाई सरकारले उपचारमा खासै महत्व नदिएको समर्थक र आफन्तको भनाई छ । उपचारमा चरम आर्थिक अभाव पछि विभिन्न व्यक्ति र संघ संस्थाले भूतपूर्व प्रधानमन्त्री सिंहलाई रकम सहयोग गरेका थिए ।
यसैवीच, भूतपूर्व प्रधानमन्त्री सिंहलाई विभिन्न राजनीतिक दलका प्रमुख नेता, संघ संस्था, विशिष्ट व्यक्तिलगायतले अन्तिम श्रद्धाञ्जलि दिएका छन् ।

प्रतिक्रिया