गैह्र इन्जिनियरलाई इन्जिनियर नबनाउं : एसोशिएसन

काठमाडौं, ३० साउन । नेपाल इन्जिनियर्स एसोशिएसनले गैह्र इन्जिनियरलाई इन्जिनियर उपाधि दिनेगरी ल्याइएको ऐन तत्काल फिर्ता गर्न माग गरेको छ ।
ऐन तत्काल फिर्ता नगरिए आन्दोलन गर्ने एसोशिएसनले चेतावनी दिएको छ । एसोशियसनले आज (बुधबार) काठमाडौंमा पत्रकार सम्मेलन गरेर अध्यादेश मार्फत निजामती सेवा ऐन २०४९ को दफा(घ) १ मा रहेको बढुवा समायोजन सम्बन्धि प्रावधान संशोधन गर्न माग गरेको हो ।
सो प्रावधानले गैह्र इन्जिनियरलाई समेत अनुभव र कार्यदक्षताको आधार विनानै इन्जिनियरको उपाधि दिने निर्णय सरकारले गरेको एसोशिएसनले आरोप लगाएको छ ।
एसोशियसनका अध्यक्ष महोन्द्रबहादुर गुरुङले ४ बर्षे कोर्ष पुरा नगरी इन्जिनियर हुंदा पढेर आएका इन्जिनियरलाई अवमूल्यन गरेको बताए ।

प्रतिक्रिया