लोकतान्त्रिक मोर्चासँग चार बुँदे सहमति

Upendra-Yadavकाठमाडौं, २९ साउन । उच्चस्तरीय राजनीतिक समितिले संघीय लोकतान्त्रिक मोर्चावीच चार बुँदे सहमति भएको छ ।
मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव नेतृत्वका ८ दलीय मोर्चाले राखेका मागप्रति समितिले लचकता अपनाए पछि सहमति भएको हो ।
सञ्चारकर्मीसँग कुरागर्दै एकीकृत माओवादीका नेता नारायणकाजी श्रेष्ठले आठ दलीय मोर्चासँग भएको वार्ता सकारात्म रहेको वताए । उनले बुधबार पुन: वार्ता गरिने उल्लेख गरे ।
समिति र लोकतान्त्रिक मोर्चावीच मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा दिनुपर्ने र मधेसमा निर्वाचन क्षेत्र बढाउने मागका विषयमा मंगलबारको वार्तामा छलफल हुने नेता श्रेष्ठले जानकारी दिए ।
समिति र लोकतान्त्रिक मोर्चावीच संविधानसभामा समानुपातिक प्रतिनिधित्व संख्या बढाउने, २५ बुँदे बाधा अड्काउ फुकाउ अध्यादेश परिमार्जन गर्ने, मतदाता नामावलीको म्याद थप गर्ने र उच्चस्तरीय राजनीतिक समितिलाई निस्क्रिय पार्ने बुँदामा सहमति भएको छ ।
लोकतान्त्रिक मोर्चाका प्रवक्ता सीताराम तामाङले लिखित माग मध्ये चार बुँदामा सहमति भएको बताए ।

प्रतिक्रिया