निर्वाचन तयारीका विषयमा सोधीखोजी

Rastapati-Bhawan-n-Officeकाठमाडौं, २९ साउन । राष्ट्रपति डा.रामवरण यादव र अन्तरिम मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीवीच मुलुकको पछिल्लो अवस्थाका बारेमा छलफल भएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज (मंगलबार) भएको भेटबार्तामा संविधानसभा निर्वाचनको तयारीका बारेमा परामर्श भएको हो । ‘राष्ट्रपति ज्यू सँग मेरो नियमित भेटघाट मात्रै हो,’ भेटपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै रेग्मीले भने, ‘समग्र विषयमा कुराकानी भएको छ ।’
भेटबार्ताका क्रममा डा.यादवले निर्वाचनको तयारी, आन्दोलनरत दलहरुसँगको वार्ता र अन्य विविध विषयमा अध्यक्ष रेग्मीसँग जानकारी लिएका थिए ।

प्रतिक्रिया