‘वाइसिएलले चुनाव भयरहित बनाउने बनाउँछ’

yclकाठमाडौं, २७ साउन । एकीकृत माओवादीको सहायक सङ्गठन योङ कम्युनिस्ट लिगले आगामी संविधानसभाको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउनका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने जनाएको छ । वाइसिएलले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेर निर्वाचन राष्ट्रिय आवश्यकता भएकाले आफूहरुका तर्फबाट प्रभावकारी भूमिका निर्वाह गर्ने जनाएको हो । संविधानसभा निर्वाचनको विरोध गर्ने अधिकार कुनै पनि राजनीतिक समूहलाई भए पनि बिथोल्ने अधिकार नरहेको संयोजक गणेश पुनले बताए ।
उनले कोही कसैबाट त्यस खालको गतिविधि गरिए सरकारलाई कानून कार्यान्वयन गराउन सहयोग गरिने वचन दिए । निर्वाचनमा युवालाई गलत मानसिकताका साथ प्रयोग गरिने सम्भावना रहेको भन्दै उनले त्यस्तो गतिविधि रोक्नुपर्ने र राजनीतिक दलका तर्फबाट स्पष्ट प्रतिबद्धता आउनुपर्नेमा जोड दिए । मुलुकका २४० वटै निर्वाचन क्षेत्रमा वाइसिएल निर्वाचन सफल बनाउन परिचालित भएको र सो क्रम निर्वाचन हुने समयसम्म जारी रहने संयोजक पुनले जानकारी दिए ।

प्रतिक्रिया