घरघरमा नागको पूजा गरियो

Nag Panchamiकाठमाडौं, २७ साउन । घरको मूलढोकामा नागको चित्र वा संकेत टाँसी नागको पूजा गरिएको छ ।
हिन्दू परम्परा अनुसार आज (आइतबार) नाग पञ्चमी पर्व मनाइँदै छ । प्रत्येक वर्ष श्रावण शुक्लपक्ष पञ्चमीका दिन बिहान सबेरै घरमा लिपपोत गरी शुद्ध गरिसकेपछि घरको मूलढोकामाथि विभिन्न रंग प्रयोग गरी बनाइएको नागको चित्र वा संकेत गोबरले टाँसेर गाईको दूध र दुवो चढाई पूजा गर्ने परम्परा छ ।
रोपाईका लागि पानी पार्न नागहरुले सहयोग गरेको र अब रोपाई सकिएकाले उनीहरुप्रति कृतज्ञता ज्ञापन गर्न पूजा गर्ने गरेको लोककथन छ ।
यस दिन विशेषगरी अनन्त, वासुकी, शेष, पद्मनाभ, कम्बल, शंखपाल, धृतराष्ट्र, कर्कोटक, तक्षक र कालीय नागको पूजा गरिन्छ ।

प्रतिक्रिया