‘पोकली’ खुल्ला दिशामुक्त गाविस घोषणा

okhaldhungaकाठमाडौं २५ साउन ओखलढुङ्गाको पोकली गाविस खुल्ला दिशामुक्त गाविस घोषणा भएको छ ।
कांग्रेस ओखलढुङ्गा–काठमाडौं सम्पर्क समितिले आज (शुक्रबार) पोकलीमा गरेको कार्यक्रममा कांग्रेस यूवा नेता रामहरि खतिवडाले गाविसलाई खुल्ला दिशामुक्त गाविस घोषणा गरेका हुन् ।
नेता खतिवडाले एकीकृत माओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कारण मंसिरमा दोस्रो संविधानसभाको निर्वाचन घोषणा हुने सम्भावना टरेको बताए ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले चुनाव विरोधीलाई लखेट्न दिएको अभिव्यक्ति चुनाव विरोधी भएको खतिवडाको भनाई छ ।
पोकली उज्जन श्रेष्ठको हत्या आरोपमा सर्वोच्च अदालतले सर्वस्व सहित जन्मकैद सुनाएका एमाओवादीका पूर्वसभासद बालकृष्ण ढुङ्गोलको गाविस हो ।
कार्यक्रममा एमाओवादी र एमालेका झण्डै एकसय ५० कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको ओखलढुङ्गा–काठमाडौं सम्पर्क समितिका अध्यक्ष प्रकाश दाहालले जानकारी दिए ।

प्रतिक्रिया