‘एसएसपी थापा’का कर्तुतको स्थलगत अध्ययन

nepal_policeराजविराज, २३ साउन । सप्तरी जिल्लाको फत्तेपुरमा साउन–१६ गते अवैध काठसहित पक्राउ परेका सगरमाथा अञ्चल प्रहरी कार्यालयको गाडीका विषयमा केन्द्रबाट बुझ्न आएको टोली राजधानी फिर्ता भएको छ ।
प्रहरी प्रधान कार्यालयले डिआजी श्यामवहादुर खड्कालाई एसएसपी भोगवहादुर थापाको गाडीमा बरामद भएको काठका बारेमा जानकारी लिन पठाएको थियो । सोही काण्ठले सरुवा भएपछि साउन–१९ गते एसएसपी थापा प्रहरी प्रधान कार्यालय नक्साल हाजिर भएका छन् ।
स्थानीय उपभोक्ताले एसएसपी थापाको निर्देशनमा लोड गरेको ३५ क्युफिट काठ र प्रहरीको गाडी नियन्त्रणमा लिएपछि केन्द्रले घटनाको अनुसन्धान गरेको हो । चार दिन अघि सप्तरी पुगेको डिआईजी खड्काको टोलीले अध्ययन पुरा गरेर आजै (बुधबार) राजधानी फिर्ता भएको छ ।
अञ्चल प्रहरी कार्यालय राजविराजको बा १ ग २२०१ नम्वरको गाडीलाई फत्तेपुरस्थित रक्तमाला नमूना सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारी र उपभोक्ताले साउन–१६ गते राति अवैद्य काठ ल्याएको भन्दै नियन्त्रणमा लिएका थिए । काठ ईलाका वन कार्यालय कञ्चनपुरमा बुझाईएको छ ।
वन कार्यालयले गाडी र काठ तस्करीमा संगलग्न ८ जना प्रहरीलाई खोजेका बेला उपस्थित गराउने सर्तमा कागज गरी छाडेको सहायक वन अधिकृत रामप्रसाद रामले जानकारी दिए ।

प्रतिक्रिया