नेपाली नेताले के भन्छन् ?

लर्को लागेर भारत जाने नेपाली राजनीतिका शीर्ष नेताहरुले भारतीय नेताहरुसँग के के माग राखे भन्ने विषय स्पष्ट रुपमा वाहिर आएका छैनन् । नेताहरुले दुई मुलुकवीचको सम्बन्धका बारेमा कुरा गरे भन्ने जवाफ भन्द नयाँ केही हुँदैन ।
भारतले नेपाली नेताहरुलाई एक पछि अर्को गरेर बोलाएको छ । नेताहरु बोलाउँदा पनि आफूलाई मनपर्ने नेताहरुलाई मात्रै बोलाएको आरोप पनि लागेको छ । हुन पनि त्यस्तै भएका छन् ।
कांग्रेस सभापति सुशील कोइरालाले अन्य नेताले भन्दा फरक प्रसङग उठाएर नेपाली जनताको मन जित्न खोजेका छन् । उनले भारतीय पक्षले विभिन्न स्थानमा बनाएका बाँधले पुर्‍याएको समस्या र डुबान हटाउन आग्रह गरेका छन् । उनको आग्रहलाई भारतीय पक्षले सकारात्मक रुपमा लिएको जनाएको पनि छ ।
यदि भारत भ्रमण गर्दा नेताहरुले आफ्नो स्वार्थ अनुकुल मात्रै गर्ने हो भने मुलुक र जनताका लागि केही हुने छैन । र जनताले पनि नेताहरुलाई भारतको मुख ताक्ने भनेर आरोप लगाई रहने छन् ।
अबका दिनमा भारत भ्रमण गर्दा भारतीय पक्षसँग राखेका र गरिएका कुरा नेताहरुले जनतालाई पारदर्शी रुपमा राख्नै पर्छ । भारतीय नेताहरु रिसाउलान र कुर्सी नपाईएला भनेर डराउनु हुँदैन ।

प्रतिक्रिया