नायिका रेखा पूर्वपति ओझाको शरणमा

Kali Nepali Movieकाठमाडौं । नायिका रेखा थापाले आफ्ना पूर्व पति छविराज ओझालाई नै आफ्नो पछिल्लो चलचित्र ‘काली’ प्रदर्शन अधिकार दिएकी छन् ।
व्यक्तिगत सम्बन्ध विग्रिए पछि पारपाचुके गरेर एक्लै बस्दै आएकी रेखाले ‘काली’ चलचित्र निर्माण गरेकी थिईन् ।
उता, छविले पनि रेखासँगको सम्बन्ध टुटे पछि ‘ड्रिम’ प्रोजेक्टका रुपमा ‘लोफर’ निर्माण गरेका छन् । उनले आफ्नो चलचित्र ‘लोफर’ रिलिजका लागि समय कुरेर बसेका छन् ।
पूर्वपति छविको चलचित्र ‘लोफर’सँग रिलिज समय जुधाएकी रेखाले अचानक आफ्नो निर्णयलाई परिवर्तन गरेर प्रदर्शनको जिम्मेवारी छविलाई नै सुम्पेको स्रोतको भनाई छ । छविको ‘लोफर’सँग भिड्न डराएर खुट्टा कमाउँदै रेखाले पूर्वपतिसँग सम्झौता गरेको नेपाली चलचित्र बजारमा उनलाई आरोप लागेको छ ।
‘काल’को पोष्टरमा छविराज ओझालाई कार्यकारी निर्माताका रुपमा रेखाले राखेकी छन् । रेखाले चलचित्र रिलिजलाई लिएर ‘दशैं कसैको पेवा होइन’ भन्ने कटु टिप्पणी पनि गर्न भ्याईसकेकी थिईन् ।
एकीकृत माओवादीको राजनीतिमा हात हालेकी रेखालाई पूर्वपतिको सहयोग नेपाली चलचित्र क्षेत्रमा चाहिन्छ भन्ने यो विषयले पनि पुष्टि गरेको रङ पत्रकारहरुको भनाई छ ।
‘लोफर’ र ‘काली’ आगामी फूलपातीमा एकै साथ रिलिज हुने भनिए पनि अब एकैसाथ रिलिज हुने छैनन् । दुबै चलचित्र आफू अनुकुल लाग्ने छन् ।
रेखाले व्यावसायिक रुपमा छविसँगको सहकार्य आवश्यक भएको टिप्पणी गरेकी छन् ।

प्रतिक्रिया