सभापति कोइरालाद्धारा विज्ञसंग परामर्श

Sushil-Koiralaकाठमाडौं, १९ साउन । कांग्रेस सभापति सुशील कोइरालाले आफ्नो भारत भ्रमणलाई लिएर परराष्ट्रका जानकारहरुसंग परामर्श गरेका छन् ।
आफ्नै निवास महाराजगञ्जमा सभापति कोइरालाले भारत भ्रमणका क्रममा उठाउने एजेण्डाका बारेमा विज्ञहरुसंग छलफल गरेका हुन् ।
महामन्त्री प्रकाशमान सिंहका अनुसार कोइरालाले नेपाल र भारतवीचको सम्बन्धलाई अझै प्रगाढ बनाउन कुन कुन विषय उठाउने भनेर परामर्श गरेका छन् । विज्ञहरुले दुई मुलुकवीचको राजनीतिक र सांस्कृतिक सम्बन्ध तथा संविधानसभा निर्वाचनका बारेमा छलफल गर्न सुझाव दिए । उनीहरुले नेपालको राजनीतिमा भारतले नजिकबाट नियाल्ने भएकाले संविधानसभा निर्वाचन तोकिएको समयमा गरी नयां संविधान जारी गर्ने लागेको बताउनु पर्ने उल्लेख गरे ।
औपचारिक निमन्त्रणामा नयां दिल्ली जान लागेका कोइरालाले भारतीय प्रधानमन्त्री डा.मनमोहन सिंह, कांग्रेस अध्यक्ष सोनिया गान्धी, विदेश मन्त्री सलमान खुर्सिद, प्रमुख विपक्षी दल भरातीय जनता पार्टीका अध्यक्षसंग पनि भेट गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया